अल्लु अर्जुन भारतका सबैभन्दा महँगा अभिनेता, पारिश्रमिक पौने दुई अर्ब


काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन सबैभन्दा महँगा अभिनेता बनेका छन् । ‘पुष्पा २’ को सफलतापछि उनले निर्देशक एटलीसँग नयाँ फिल्मका लागि ठूलो रकम सम्झौतामा हस्ताक्षर गरेका छन्।

रिपोर्टका अनुसार अल्लु अर्जुनले यस फिल्मका लागि १७५ करोड भारु लिएका छन्, साथै नाफाको १५ प्रतिशत हिस्सा पनि लिएका छन्। सन पिक्चर्सका निर्मातासँगको यो सम्झौतालाई भारतीय फिल्मी उद्योगको सबैभन्दा महँगो सम्झौतामध्ये एक मानिन्छ।

फिल्ममा मास इन्ट्री, हाईअक्टेन एक्सन र शक्तिशाली दृश्यहरू हुनेछन्। पहिले एटलीले सलमान खानसँग फिल्म बनाउने तयारीमा थिए, तर अब उनी यस मेगा प्रोजेक्टमा अल्लु अर्जुनसँग काम गर्नेछन्।
‘पुष्पा’ र ‘पुष्वा २’ पछि अल्लु अर्जुन बलिउडमा पनि लोकप्रिय मानिएका छन् । ‘पुष्पा २’ ले संसारभरबाट झन्डै १८ सय करोड कमाएको थियो ।