कार्यपालिका बैठकको माग गर्दै वडाध्यक्षहरूले बुझाए बालेनलाई ज्ञापनपत्र


काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् ।

१८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् । प्रवक्ता समेत रहेका वडाध्यक्ष नवीन मानन्धरले सबैको तर्फबाट पत्र मेयर बालेनलाई बुझाएका हुन् ।