श्रृष्टिलाई धक्का



नायिका श्रृष्टि श्रेष्ठलाई एकपछि अर्को फिल्म बक्स अफिसमा असफल हुँदा धक्का लागेको छ । उनले अभिनय गरेका फिल्मले व्यापारिक रुपमा कमजोर व्यापार गरेका मात्र छैनन्, उनको अभिनयको पनि आलोचना भइरहको छ । यहीकारण, श्रृष्टिलाई करिअरमा अगाडि बढ्न समस्या पर्न सक्छ ।

श्रृष्टिले अभिनय गरेको फिल्म ‘केटी हराएको सूचना’ बक्स अफिसमा पुर्ण रुपमा असफल भयो । यो फिल्म नचलेपछि श्रृष्टिलाई ‘११ः५५’ले जोगाउँछ भन्ने आशा धेरैको थियो । तर, उनको यो फिल्म पनि बक्स अफिसमा नराम्रोसँग चिप्लियो ।

यी दुबै फिल्ममा श्रृष्टिको कामको कुनै चर्चा पनि भएन । बरु, उनको संवाद बोल्ने शैली र अभिनय निकै फितलो भएको भन्दै आलोचना भइरहेको छ । यहीकारणले गर्दा पनि श्रृष्टिलाई आगामी दिनमा गाह्रो पर्न सक्छ ।

नेपाली फिल्म क्षेत्रमा ‘गाजलु’ फिल्मबाट प्रवेश गरेकी श्रृष्टिको करिअर सुखद छैन । उनी, अभिनय भन्दा पनि नायक सौगात मल्लसँगको प्रेम र ब्रेकअपको खबरले बढी चर्चामा रहिन् ।