फिल्म रिलिज भएपछि दर्शकले कसरी हेर्छन् त्यो भन्न सकिदैन । तर, फिल्म रिलिज अगाडि त्यसको चर्चा भएन भने बक्स अफिसमा ओपनिङ गर्ने कुरामा पनि शंका गर्ने ठाउँ रहन्छ ।
शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘डोरी’को अवस्था यस्तै छ । यो फिल्मको चर्चा सुनसान छ ।
उसो त फिल्ममा नाम चलेका कलाकार कम छन् । अञ्जना बराइली, प्रविण खतिवडा लगायतका कलाकारहरु दर्शकले चिनेका कलाकार हुन् । फिल्मका मुख्य नायक अरुण लामा नयाँ हुन् । निर्देशक समेत रहेका उनले यो फिल्मबाट नायकको रुपमा डेब्यू गरेका छन् ।
अमेरिकामा रहँदै आएका दिनेश भट्टराइको लगानी रहेको फिल्मले चैत्र १५ गते बक्स अफिसमा कस्तो व्यापार गर्छ अहिले नै भन्न सकिदैन । तर, फिल्मको न त गीत चल्यो न त यसको ट्रेलरले नै चर्चा पाएको छ ।
फिल्मको प्रचारमा यसको निर्माणपक्षले ध्यान नै दिएको छैन । नाम चलेका कलाकारहरुको फिल्मले समेत बक्स अफिसमा पानी भन्न नसकेको अवस्थामा निर्देशक तथा नायक लामाले प्रचारमा खास मिहिनेत गर्नुपर्ने हो । तर, त्यो देखिएको छैन ।
लगातार फिल्म हिट भएर फिल्म क्षेत्रमा ‘लक्की’ मानिएकी अन्जनालाई अब दर्शकले कती पत्याउँछन् त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया