गौमायाले साइन् गरिन् ‘अभिमन्यू’



अभिनय राम्रै गरेर पनि कलाकार गौमाया गुरुङको चर्चा खासै छैन । उनले, अभिनय गरेका फिल्महरुले बक्स अफिसमा सफलता त हात पारेका छन् । तर, उनी भने उदाउन सकेकी छैनन् ।

उनै, गौमाया अब फिल्म ‘अभिमन्यू’मा अनुवन्धित भएकी छिन् । विनोद पौडेलको लगानीमा बन्न लागेको यो फिल्ममा पहिलो कलाकारको रुपमा गौमाया अनुवन्धित भएकी हुन् ।

यो फिल्मलाई आउँदो वर्षको भदौ २७ गतेबाट रिलिजमा ल्याउने तयारी यसको निर्माणपक्षको छ । फिल्मले पैसाको चक्रव्यूहमा फसेको मानिसको कथा भन्छ ।

पैसाको चक्रव्यूहमा फस्ने र त्यसबाट उम्कन खोज्ने पात्रको कथामा यो फिल्म बनेको छ । फिल्मलाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

सुशान्त गौतमको निर्देशनमा बन्न लागेको फिल्ममा सेभेन सिज सिनेमाको प्रस्तुति रहनेछ । गुञ्जन गिरीको समेत लगानी रहेको फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माताको रुपमा छन् । फिल्ममा मुकेश खनालको लगानी र शरद महत्तोको डीओपी रहनेछ ।