समीरको प्रतिस्पर्धी को ?



नेपाली फिल्म क्षेत्रमा ‘१२ गाउँ’बाट डेब्यू गरेका नायक विराज भट्टका छोरा समीर भट्ट चर्चामा छन् । उनले अभिनय गरेको दोस्रो फिल्म ‘बलिदान’ आउँदो वर्षको दशैंको फुलपातीमा रिलिजमा आउँदैछ ।

नायक समीर भट्ट भने अहिले यही फिल्मको लागि लागिपरेका छन् । हालै मात्र दिएको एक अन्तरवार्तमा समीरले आफ्नो प्रतिस्पर्धा आफैसँग भएको उल्लेख गरेका छन् । फिल्म क्षेत्रमा आफू अरुसँग प्रतिस्पर्धा गर्न नआएको उनको भनाई छ ।

यता, समीरले फिल्म ‘बलिदान’ आफ्नो लागि डेब्यू फिल्म भन्दा चुनौतीपूर्ण रहेको समेत बताएका छन् । समीरको यो फिल्म प्रतिक्षामा छ । यसैले, यसमा समीरको काम र यसको व्यापार सबैका लागि विशेष बन्ने देखिएको छ ।

समीरले अहिले तत्काल आफ्नो बलिउड वा हलिउड फिल्ममा जाने सोच नरहेको समेत बताएका छन् । समीरले अहिले आफूले नेपाली फिल्म क्षेत्रमा नै रमाइरहेको बताउँदै भविष्य कसैले पनि नदेखेको बताए । समीरले आफूले दर्शकहरुबाट गहिरो प्रेम पाएको पनि बताएका छन् ।

फिल्म हलमा जाँदा आफूले दर्शकहरुको अपार माया पाएको समेत उनले संझिएका छन् ।

‘बलिदान’ फिल्ममा आफ्नो एक्सन र नृत्य पनि विशेष हुनुपर्ने उनको वुझाई छ । यो फिल्मका लागि समीरले निकै मिहिनेत पनि गरेका छन् । उनले, फिल्ममा डेढ सय भिलेनसँग फाइट समेत गरेका छन् ।