् ।
नायक नरेन खड्काले अब ‘बिगुल’ फुक्ने भएका छन् । उनले, हालैमात्र नयाँ फिल्म ‘बिगुल’ साइन गरेका छन् जहाँ उनी मुख्य भूमिकामा देखिदैछन् ।
यो फिल्मले अन्यायविरुद्ध आवाज उठाउनेछ । रमेश कोइरालाको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा मौनता श्रेष्ठको लेखन, कल्पना पौडेल प्रस्तुतकर्ताको रुपमा छन् ।
शिव ढकालको छायांकन रहने फिल्मको वैशाख १ गतेबाट छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ । फिल्मका अन्य कलाकारहरुको टुंगो नलागिसकेको बताइएको छ ।
फिल्मका लागि अन्य कलाकारहरु फाइनल गरिएको छैन । तर, फिल्म छायांकनमा जानु अगाडि नै अन्य कलाकार र प्राविधिक फाइनल गर्ने निर्माणपक्षको भनाई छ ।
नायक नरेन खड्काले अभिनय गरेको फिल्म ‘बुलाकी’ले निकै चर्चा पाएको थियो । यो फिल्मले नरेनलाई केही अवार्ड समेत दिलाएको थियो ।
फिल्म ‘हमेशा’बाट फिल्म क्षेत्रमा उदाएका नरेन अझै पनि यो क्षेत्रमा स्थान बनाउनका लागि संघर्ष गरिरहेका छन् ।
प्रतिक्रिया