पलको ‘मोअर’को प्रदर्शन मिति तय



फिल्म ‘मोअर’ रिलिजको मिति तय गरिएको छ । छायांकन सकिएको केही सातापछि निर्माणपक्षले वितरकहरुसँग सल्लाह गरेर प्रदर्शन मिति तय गरेको हो । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म आउँदो वर्षको साउन २३ गतेबाट रिलिज हुने पक्का भएको छ ।

यो फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही लगायतका कलाकारहरुको अभिनय छ ।

चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो फिल्ममा ओम प्रतिककै कथा छ । दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी र एसडी योगीको संगीत, कुमार महर्जनको एक्सन रहेको यो फिल्मको कथावस्तुबारे अहिलेसम्म केही खुलाइएको छैन ।

फिल्मको छायांकन काठमाडौं, पाल्पा, प्यूठान, रोल्पा, दाङ लगायतका स्थानमा गरिएको छ ।

यो फिल्म नायक पल शाहका लागि महत्वपूर्ण छ । किनकी, एकपछि अर्को फिल्म असफल हुँदा पललाई पनि समस्या परेको छ । यसैले, यो फिल्म चलेको खण्डमा उनको क्रेज फर्किनेछ ।