किन भयो रेखा र पूजाको ‘छत्तिसको आँकडा’ ?



नायिकाद्धय रेखा थापा र पूजा शर्माको सम्बन्धमा ‘छत्तिसको आँकडा’ देखिएको छ भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर, अचम्म नमान्नुहोस् । वास्तविक जीवनमा यी दुइको सम्बन्धमा ‘छत्तिसको आँकडा’ देखिएको होइन ।

सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘छत्तिसको आँकडा’ राखिएको छ । यो फिल्ममा रेखा र पूजा मुख्य भूमिकामा देखिदैछन् । उसो त, यो फिल्मको टिमले नामको बिषयमा केही पनि बोलेको छैन । किनकी, सुरुवातमा यो फिल्मको नाम ‘काली २’ राख्ने चर्चा थियो । तर, ‘छत्तिसको आँकडा’ नाम राखेर निर्माण टिमले काम गरिरहेको वुझिएको छ ।

फिल्ममा अझै दुई मुख्य नायक फाइनल गर्न बाँकी रहेको वुझिएको छ । फिल्मको छायांकन वैशाखको अन्तिमबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

काइट्स इन्टरटेन्मेन्टले यो फिल्म बनाउनेछ । फिल्मलाई पारिवारिक र एक्सन जनरामा निर्माण गर्न लागिएको वुझिएको छ । फिल्मको हाल कथावस्तु र संगीतमा काम भइरहेको छ ।