युवापुस्ताका लोकप्रिय गायक सुशान्त केसीले फिल्मको गीतमा डेब्यू गरेका छन् । उनले, चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कर्मा’को एक रोमान्टिक गीतमा स्वर दिएका हुन् ।
गीतमा उनकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा सुशान्तलाई नै देख्न सकिन्छ । फिल्मका निर्देशक सौरभ चौधरीका अनुसार सुशान्तको दृश्य खिचिएको छ ।
सौरभका अनुसार, सुशान्तले फिल्म ‘अगस्त्य’ हेरेपछि यो टिमको अफरलाई अस्विकार गर्न नसकेका हुन् । सुशान्तले एउटा रोमान्टिक गीत आफै रेकर्ड गरेर पठाएको सौरभको भनाई छ ।
यो फिल्मलाई सुशान्तको गीतले निकै फाइदा पुग्ने देखिन्छ । किनकी, सुशान्तको गीतका फ्यानहरु निकै छन् ।
यो फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुषाल, दिव्य देव, बेन बस्नेत लगायतको अभिनय छ ।
एक्सन र पारिवारिक कथामा निर्माण भएको फिल्मले बक्स अफिसमा उत्साहजनक ओपनिङ गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया