फिल्म ‘जन्ते बाख्रो’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रदर्शन मिति पनि तय गरेको छ । यो फिल्म आउँदो वर्षको जेठ २३ गतेबाट रिलिजमा आउने जानकारी निर्माणपक्षले दिएको छ ।
अहिलेसम्म यो मितिमा अन्य फिल्मको रिलिज मिति तय गरिएको छैन । हिमालको काखमा सेटअप गरिएको पोस्टरमा नायिका गरिमा शर्मा र कलाकार आशिफ शाहलाई देखाइएको छ । यी दुइलाई रोमान्टिक अवतारमा प्रस्तुत गर्दा नायक सौगात मल्ल भने निराश मुद्रामा छन् ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहारी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिक गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय छ ।
मुइन इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई सामाजिक कमेडी कथामा निर्माण गरिएको छ । फिल्ममा हरि हुमागाँइको डीओपी, उत्तम हुमागाँइको सिनेमाटोग्राफी, सुनिल शिवभक्तीको सम्पादन छ ।
प्रतिक्रिया