नायक अनमोल केसीलाई हाई सन्चो छ भन्दा फरक नपर्ला । अरु नायकहरु एकपछि अकोृ फिल्म साइन गर्न र धमाधम काम गर्न लागिपरेका छन् । हातमा फिल्म नहुँदा आफू सकिएको हो कि भन्ने महशुश गरेर काम गरिरहेका छन् ।
तर, नायक अनमोल केसीको हकमा भने यो लागू भएको छैन । उनले ४ महिना भन्दा बढी समय लगाएर फिल्म ‘जेरीः अन टप’को छायांकन सके । फिल्मको २ गीत र केही दृश्यको छायांकन अझै बाँकी रहेको बताइएको छ । अधिकांश टिमका सदस्यहरु थाकेपछि केही दिनलाई ब्रेक लिएका हुन् ।
अनमोलको यो फिल्मपछि अर्को कुन फिल्म हो भन्ने केही थाहा छैन । उनले, घरको फिल्ममा काम गर्न लागेको भन्ने चर्चा चलेपनि त्यसको सुरसार नै छैन । आखिर, अनमोलको अबको फिल्म कुन हो त ?
उनलाई अर्को फिल्ममा काम गर्न हतार नै छैन । एक वर्ष लगाएर एउटा फिल्ममा काम गरेका कारण पनि मिहिनेत गर्नुपर्छ भन्ने उनको वुझाई छ ।
यसैले, आफूले काम गरेको प्रोजेक्टमा लागेर मिहिनेत गर्ने अनी मज्जाले आराम गर्ने उनको बानी छ । एउटा फिल्म सकियो अर्को गरिहालौं भन्ने सोच उनमा अहिलेसम्म आएको छैन ।
अनमोल केसीलाई यो कुरामा भने ‘हाई सन्चो’ नै देखिएको छ ।
प्रतिक्रिया