भोलि हुने भनिएको फिल्म ‘पिताम्बर’को ट्रेलर रिलिज कार्यक्रम स्थगीत गरिएको छ । दर्शकको बिचमा बसेर ट्रेलर सार्वजनिक गर्ने घोषणा यसको निर्माणपक्षले गरेको थियो ।
भोलि बेलुकी ५ बजे भृकुटीमण्डपमा ट्रेलर रिलिजको कार्यक्रम राखिएको थियो । यसका लागि उनीहरुले रकम पनि तिरिसकेका थिए । तर, समाजवादी मोर्चाको शक्ति प्रदर्शनका कारण यो कार्यक्रम स्थगीत गरिएको हो ।
चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्मको ट्रेलर रिलिज गर्न हतार भइसकेको छ । अब, हलमा फिल्म लाग्न १५ दिन मात्र बाँकी छ । निर्देशक कृषा चौलागाइले अब कुन दिन ट्रेलर रिलिज गर्ने भन्ने बिषयमा छलफल गरिरहेको बताइन् ।
राजनीतिक माहोल हेरेर मात्र ट्रेलर सार्वजनिक गर्ने तयारी उनको छ ।
विशाल चौलागाई निर्माता रहेको यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुप विक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरि, सुपुष्पा भट्ट, सुरक्षा पन्त, दिव्या रायमाझी, गौरव बिष्ट लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया