काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईलाई आन्दोलनको जनकमान्डर तोकेको छ । समितिका संयोजक नवराज सुवेदीले बिहीबार जारी गरेको विज्ञप्तिमा आन्दोलन परिचालनको नेतृत्व राप्रपा महामन्त्री धवलशमशेर राणा र जनकमान्डर प्रसाईलाई तोकेका हुन् ।
यस्तै, संस्कृतिविद् जगमान गुरुङलाई सल्लाहकार समितिको संयोजक बनाइएको छ । समितिले चारवटा उद्देश्यका लागि संयुक्त जनआन्दोलन गर्नुपरेको जनाएको छ । त्यसमा संवैधानिक राजसंस्थाको पुनःस्थापना, सनातन हिन्दु अधिराज्यको पुनःस्थापना, संघीयता खारेजी र भ्रष्टातार नियन्त्रण र सुशासन रहेका छन् । आफ्ना माग र एजेन्डाका लागि चैत १६ गतेदेखि नै आन्दोलनका कार्यक्रम अघि बढ्ने जारी विज्ञप्तिमा जनाएको छ ।
(निर्णयसहित)




प्रतिक्रिया