महिला उद्यमी व्यापार मेलामा प्रधानमन्त्री ओलील बनाएको चित्र भाइरल काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बनाएको चित्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । महिला उद्यमी व्यापार मेलामा बिहीबार महिलाहरुले चित्र कोर्न लगाएपछि ओलीले चित्र बनाएका हुन् ।

जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । आठौँ अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उदघाटनपछि उनले क्यानभासमा महिला उद्यमीको चित्र कोरेका हुन् । ओलीले कोरेको चित्रको धेरैले प्रशंसा गरेका छन् । उनले आगामी वर्ष हुने मेलाका लागि अग्रिम शुभकामनासमेत दिए ।

प्रतिक्रिया