नेपाल विद्युत प्रााधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरेको छ । आज (बिहीबार) काठमाडौंको माइतीघरमा राप्रपाका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाईँदैन, मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’ लगायतका नारबाजीसहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गनेृ निर्णय गरेको थियो । घिसिङलाई पदमुक्त गरिएको विषयमा सडकदेखि सदनसम्म आलोचना भइरहेको छ ।
प्रतिक्रिया