‘अञ्जिला’ सुपरहिट भएपछि दर्शक भेट्न नेपाल आइन् एञ्जिला



बक्स अफिसमा सुपरहिट भएको फिल्म ‘अञ्जिला’की मुख्य कलाकार एन्जिला तुम्बापो सुब्बा नेपाल आएकी छिन् । दर्शकहरुको उत्साहजनक उपस्थिती हलमा भएपछि एञ्जिला आज नेपाल आएकी हुन् ।

उनले, आज र भोलि देशका विभिन्न हलमा पुगेर दर्शक भेट्ने कार्यक्रम छ । ४ दिनको नेपाल बसाइका लागि नेपाल आएकी सुब्बालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो । फिल्मका निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ उनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

शुक्रबार र शनिबार काठमाडौंमा नै रहेन एन्जिला आइतबार भने दर्शक भेट्नका लागि पोखरा, नेपालगञ्ज, विर्तामोडल, धरान, इटहरी, चितवन र दाङ पुग्नेछिन् । फिल्मका निर्माता सुब्बाले एञ्जिलाको नेपाल भ्रमण फिल्मको लागि मात्र भएको बताए ।

एञ्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा खेलिरहेकी छिन् । फिल्मको प्रचार सकेर उनी ग्रिस नै फर्किनेछिन् । यो फिल्मले १३ दिनमा ८ करोड ७० लाखको ग्रस कलेक्शन गरेको जानकारी निर्माणपक्षले दिएको छ ।