‘कृष ४’लाई ऋतिक रोशनले निर्देशन गर्ने



बलिउडको सर्वाधिक चर्चित सुपरहिरो फिल्म ‘कृष ४’ बन्ने भएको छ । यो फिल्मलाई नायक ऋतिक रोशनले निर्देशन गर्ने भएका छन् ।

भारतीय मिडियाका अनुसार, यो फिल्मबाट बलिउडका सफल नायक रोशन निर्देशनमा आउने पक्का भएको हो ।

फिल्मलाई राकेशन रोशन र आदित्य चोपडाले निर्माण गर्ने पनि पक्का भएको छ । यसअघिका ३ सिरिजलाई ऋतिकका पिता राकेशले निर्देशन गर्दै आएका थिए । तर, चौथो सिरिजको निर्देशनका लागि ऋतिक आफै अगाडि सरेका हुन् ।

फिल्ममा को–को कलाकार रहने र कहिलेबाट छायांकन सुरु हुने भन्ने बिषयमा केही पनि बताइएको छैन ।

ऋतिक हाल फिल्म ‘वार २’को छायांकनमा व्यस्त छन् । उनको यो फिल्मको छायांकनका क्रममा खुट्टामा गम्भीर चोट समेत लागेको छ ।