काठमाडौं – म्यान्मार र थाइल्याण्डमा शुक्रवार ७.७ रेक्स्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु म्यान्मारको मांडले सहर मानिएको छ । ताजा तस्बिर र भिडियोमा इरावजी नदीमा बनेको एउटा विशाल पुल लडेको देखिएको छ । भूकम्पको धक्काले म्यान्मारका सडक भत्केका र चर्केका छन् ।
थाईल्याण्डको राजधानी बैंककमा भूम्कपको झटकापछि भवन लड्न थालेपछि मानिसहरू ज्यान जोगाउन भागेका छन्। शक्तिशाली भूकम्पपछि थाइल्यान्डको सरकारले आपतकालीन बैठक बोलाएको छ । भूकम्पको झटकाले एउटा गगनचुम्बी भवनको माथिको भाग पानी र सडकमा खसेको बीबीसीले जनाएको छ । भूकम्पको केन्द्र ३० माइल तल रहेको भूगर्भविद्हरुले बताएका छन् ।
शक्तिशाली भूकम्पबाट बैंककमा निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेका छन् । थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेषमा परिणत भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया