काठमाडौं- काठमाडौंको तीनकुनेमा अहिलेको स्थिति अत्यन्त तनावपूर्ण देखिन्छ। राजावादी प्रदर्शनकारिहरूले सुरक्षाकर्मीको बन्दुक खोस्दा स्थिति थप जटिल बनेको छ। प्रदर्शनको क्रममा प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रयोग गरेपछि स्थिति अझ उग्र बनेको हो।
आगो निभाउन पुगेको दमकलमाथि पनि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि स्थिति अझै तनावपूर्ण रहेको छ। अहिले पनि तीनकुने क्षेत्रमा तनावपूर्ण वातावरण छ। एसएसपी शेखर खनालले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिएका छन्।
–
–
प्रतिक्रिया