दुर्गा प्रसाईं तीनकुनेको आन्दोलन स्थलबाट भागे


काठमाडौं- राजावादी आन्दोलनका नेता दुर्गा प्रसाईं तीनकुनेमा तनावग्रस्त स्थितिमा प्रदर्शन स्थल छोडेर भागेका छन्। प्रहरी प्रशासनका अनुसार, प्रसाईंको नेतृत्वमा आन्दोलनको स्थितिले नियन्त्रण बाहिर गएको थियो। उनी आफैं गाडी चलाएर निषेधित क्षेत्र तोड्नको लागि उद्धत भएका थिए र प्रदर्शनकारीलाई उक्साएका थिए, जसका कारण अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

प्रदर्शनकारीहरूले प्रहरीले अश्रुग्यास प्रहार गरेको बावजूद स्थिति नियन्त्रण बाहिर पु¥याएका थिए। ढुंगामुढा र निजी घरमा तोडफोड तथा आगजनीका कारण स्थिति थप उग्र बन्यो। आगो निभाउन गएको दमकललाई समेत प्रदर्शनकारीहरूले प्रवेश गर्न दिइएन। यसैबीच, प्रहरीले स्थिति नियन्त्रण गर्नका लागि हवाई फायरसमेत गरेको थियो।

घटनापछि, आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईं एक सटरमा लुकेर बसेको जानकारी प्राप्त भएको छ। अन्ततः, उनी गाडीमार्फत आन्दोलनको हट(स्पट छोडेर भागेका छन्। अहिले उनी कहाँ गएका हुन् भन्ने स्पष्ट जानकारी छैन।

पनि, प्रदर्शकको गतिविधिमा संलग्न भएका प्रसाईंले आन्दोलनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेका थिए। यसले सरकारलाई चिन्तित पारिरहेको छ र सरकारले परिस्थितिको समिक्षा गर्दै ज्ञानेन्द्र शाहलाई निगरानीमा राख्ने तयारी गरेको छ। सरकारको अनुसार, प्रसाईंले ज्ञानेन्द्रसँग भेटेर आन्दोलन गरेको हो ।
स्थिति अझै पनि तनावपूर्ण रहेको र प्रहरीले यथासम्भव नियन्त्रणको प्रयास जारी राखेको छ।