तीनकुनेमा दुर्गा प्रसाईँको नेतृत्वमा अराजकता, सरकारको कमजोर प्रतिक्रिया


काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा भएको प्रदर्शनले काठमाडौंको तीनकुने क्षेत्रलाई दिनभर अशान्त बनाएर राखेको छ। प्रदर्शनकारीहरूले संयमता गुमाउँदा स्थिति अझै उग्र बनेको थियो, र प्रहरीले घटनामा हस्तक्षेप गर्दा पनि प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेका छन्।

सुरक्षाकर्मीहरूले राखेका हतियारसमेत प्रदर्शनकारीहरूले खोस्न सफल भएका छन्, र केही घरमा आगजनी गरिएको छ। प्रदर्शनकारीको आक्रमणका कारण सशस्त्र प्रहरीको टाउकोसमेत फुटेको खबर प्राप्त भएको छ। यस घटनामा प्रदर्शनकारीहरूले अगालागी नियन्त्रणका लागि आएको दमकलमाथि ढुंगामुढा गरेका छन्।

प्रदर्शनकारीहरू तीनकुने क्षेत्रमा ताण्डव नृत्य गर्दै अराजकता फैलाइरहेका छन् भने सरकार भने यथासम्भव मुकदर्शकको भूमिका निभाइरहेको छ। राजावादी समूहले आह्वान गरेको प्रदर्शनको परिणाम पहिले नै अनुमान गरिएको थियो, तर प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे खिसिट्युरी गर्दै १० १५ हजार मानिस आउने हुन्, त्यति मानिसको आन्दोलन त नेपालमा दिनै भइरहन्छ भनेका थिए।

सरकारले संभावित सुरक्षा चुनौतीलाई हल्का लिएको देखिन्छ र यसको परिणाम स्वरूप तीनकुने क्षेत्र रणमैदानमा परिणत भएको छ। हिजो मात्र, प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए।