डेट गयको अश्रुग्यासका सेल प्रयोग


काठमाडौं- काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झुडप भएको छ। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गरेको थियो, तर यस क्रममा प्रयोग भएका अश्रुग्यासका सेलहरूको म्याद गुज्रिएको पाइएको छ।

गृह मन्त्रालयको स्रोत अनुसार, सन् २००८ मा म्याद गुज्रेका अश्रुग्यासका सेलहरूलाई पुनः प्रयोग गरिएको हो, जसका कारण तिनीहरूको प्रभावकारिता र सुरक्षा मापदण्डमा समस्या उत्पन्न भएको हुनसक्छ।