जडिबुटी प्रशोधन तथा उत्पादन केन्द्रको आगलागी नियन्त्रणमा


काठमाडौं, १५ चैत । जडिबुटी प्रशोधन तथा उत्पादन केन्द्रमा राजावादी समूहले लगाएको आगो नियन्त्रणमा आएको छ । आज (शुक्रबार) राजावादी समूहहरुले तीनकुनेमा प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक बन्दै गएपछि उनीहरुले सर्वसाधरण नागरिकको घर, व्यवसायिक भवन, मिडिया हाउसलगायतका क्षेत्रमा आगजनी गरेका थिए ।

आगजनीबाट जडिबुटी प्रशोधन तथा उत्पादन केन्द्रमा २५ करोडभन्दा बढीको मेसिनहरु क्षति भएको महाप्रबन्धक संगिता यादवले रिपोर्टर्स नेपाललाई जानकारी गराईन् । ‘आगलागीका कारण २५ करोडभन्दा बढीको मेसिनहरु क्षति भएको छ । ८०/९० जनाको जत्था प्रवेश गरी आगो लगाए,’– उनले भनिन् ।