दुर्गा प्रसाईँलाई पक्राउ गर्न सरकारको निर्देशन


सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । आज (शुक्रबार) तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा दोषी करार गर्दै प्रसाईँलाई पक्राउ गर्न लागिएको हो । प्रहरी स्रोतका अनुसार प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ ।