‘पाटन फेस्ट’मा दुर्गेशसहित ४ व्याण्डको प्रस्तुति



पाटनको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २३ गते शनिबार ललितपुरको च्यासल मैदानमा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ ।

नेपाल रोयल मल्टिप्रपोजको एकल आयोजनामा हुन लागेको यो फेस्टमा पछिल्लो समयका चर्चित गायक दुर्गेश थापासहित विभिन्न नाम चलेका ४ व्याण्डको प्रस्तुति रहनेछ । यो फेस्ट मध्यान १२ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

आयोजकले महोत्सवमा १० हजार बढी दर्शकको सहभागीता लिने अपेक्षा गरेको छ । यो महोत्सवमा युवापुस्ताका चर्चित गायक दुर्गेश थापाले दर्शक झुमाउनेछन् । उनी अतिथी गायकको रुपमा यो फेस्टमा दर्शकमाझ प्रस्तुत हुन लागेका हुन् ।

साथमा, ‘जोन एण्ड द लोकल्स, पुर्ण राई दाजुभाइहरु, अल्बारोस, स्वार’ लगायतका व्याण्डका कलाकारहरुले पनि दर्शक झुमाउनेछन् ।

दर्शकले यो महोत्सवमा सहभागी हुनका लागि खल्ती एपबाट टिकट काट्न सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ९ सय, बाह्र सय, र दुई हजारसम्मका टिकट काट्न सक्नेछन् । कार्यक्रममा सुविधासम्पन्न खानेकुराका लागि २० वटा स्टल राख्ने तयारी आयोजकको छ ।

आयोजकले कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिबाट तयार पारिएको साउण्ड सिस्टमबाट संगीतको मज्जा लिने विश्वास लिएको छ ।