नयाँ फिल्म ‘हे माया’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मलाई जुनिम गहतराजले निर्देशन गर्ने पक्का भएको छ । जुनिमले यसअघि फिल्म ‘ताण्डवम्’को पनि निर्देशन गरेका थिए । फिल्मलाई लभ स्टोरी कथामा निर्माण गर्न लागिएको वुझिएको छ ।
फिल्मका लागि कलाकारहरु फाइनल गरिएको छैन । तर, केही नाम चलेका कलाकारहसँग मौखिम सहमति नभएपनि लिखित नभएको निर्माणपक्षको भनाई छ ।
फिल्मको छायांकन आउँदो वर्षको जेठ महिनाबाट सुरु गर्ने योजना निर्माताको छ ।
यो फिल्मलाई दीपक लम्सालले निर्माण गर्दैछन् । लामो समयदेखि भारतको मुम्बइमा बसेर बलिउड र दक्षिण भारतीय फिल्मको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका दीपकले अब फिल्म निर्माणमा हात हाल्न लागेका हुन् ।
रियल इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथावस्तुको बारेमा केही पनि खुलाइएको छैन । फिल्मको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन् ।
प्रतिक्रिया