फिल्म ‘ऊनको स्विटर’को टिजर सार्वजनिक गरिएको छ । आउँदो वर्षको वैशाख २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा नायक विपिन कार्की र नायिका मिरुना मगरको प्रेमभाव हेर्न सकिन्छ ।
विशेषगरि, सामाजिक संजाल र मोबाइल नहुँदाको समयमा प्रेम पोख्ने तरिका विशेष थियो । सोही समयको कथालाई यो फिल्ममा भन्ने कोशिश निर्देशक नविन चौहानले गरेका छन् । डायरीमा आफ्ना नजिकका साथीभाई, माया गरेको मान्छेको स्मृती, सपना र पलहरु कैद गर्ने चलन थियो ।
सोही कुरालाई यो फिल्ममा देखाइएको छ । फिल्ममा विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि अभिनय छ । यो फिल्मलाई आर्टमाण्डू प्रा.लिको व्यानरमा निर्माण गरिएको हो ।
सुजन चापागाँइको संगीत रहेको फिल्ममा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गीको पनि अभिनय छ ।
प्रतिक्रिया