चैत्र महिनामा निरन्तर फिल्म असफल हुँदा निर्माताहरु मर्कामा परेका छन् । निरन्तर फिल्म असफल हुँदा अब कुन फिल्मले बजार तताउला भन्ने प्रश्न पनि उठेको छ । अब, यो वर्षका लागि ३ वटा फिल्म मात्र रिलिज हुन बाँकी छन् ।
चैत्रको २२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वसन्त’ले बजारमा दर्शक फर्काउने अपेक्षा गरिएको छ । प्रकाश सपुतको लेखन, निर्देशन तथा अभिनयमा तयार भएको यो फिल्मको बुकिङ खुलिसकेको छ ।
यो फिल्मले बक्स अफिसमा कति ओपनिङ गर्ला त ? फिल्मले पाएको शोज अनुसार १ करोड भन्दा माथिको ओपनिङ यो फिल्मले गर्ने देखिएको छ ।
यो फिल्मलाई क्यूएफएक्सले उपत्यकाका हलमा ३१ शोज दिएको छ । यस्तै, काठमाडौंको बीग मुभिजले यो फिल्मलाई ५ शोज दिएको छ । बीग मुभिजको ठूलो हलमा दिनैभरी यो फिल्मलाई शोज दिइएको छ ।
यस्तै, चाबहिलको एफक्यूबले ५ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वर र कालिमाटीमा पनि यो फिल्मलाई ५–५ शोज मिलेको छ ।
हलहरुले यो फिल्मप्रति आशा देखाएका छन् । प्रकाश सपुत र स्वस्तिमा खड्का जस्ता नाम चलेका कलाकार, फिल्मको हाइप आदि कारणले पनि यो फिल्मले मल्टिप्लेक्समा सुखद शोज पाएको छ ।
फिल्मको सुखद वर्ड अफ माउथ आएको खण्डमा फिल्मको शोज अझै बढ्ने देखिन्छ ।
प्रतिक्रिया