‘नरसिंहाः अवतार’को ६० फिट लामो पोस्टर



फिल्म ‘नरसिंहाः अवतार’को फस्टलुकले चर्चा पाइरहेको छ । तर, योसँगै फिल्मको पोस्टर सार्वजनिक गर्ने तरिकाले पनि चर्चा पाइरहेको छ ।

कारण, यो फिल्मको टिमले हालसम्मकै सर्वाधिक लामो पोस्टर तयार गर्यो र सार्वजनिक गर्यो । ५ सय विद्यार्थीहरुको माझमा यो पोस्टर सार्वजनिक गरिएको हो । निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेको बताएको छ ।

फिल्मका मुख्य नायक राजेश हमाल र राज कटुवालको पोस्टर भिन्न भिन्न तरिकाले सार्वजनिक गरियो । नायक हमालले पनि कार्यक्रममा अहिलेसम्म आफ्नो करिअरमा यति लामो पोस्टर नदेखेको बताएका थिए ।

निर्माणपक्षले फिल्मको फस्टलुक रिलिज कार्यक्रममा यति ठूलो पोस्टर किन बनायो ?

अधिकांश फिल्मको कार्यक्रम कुनै हलमा गरिन्थ्यो । तर, यो फिल्मको टिमले ५ सय विद्यार्थीहरुमाझ पोस्टर सार्वजनिक गरेको हो । फिल्मको पोस्टर ग्लोबल कलेजको अग्लो भवनबाट सार्वजनिक गरिएको थियो ।

अहिले फिल्मको ६० फिट लामो पोस्टरको सर्वाधिक चर्चा भइरहेको छ । निर्माणपक्षले नायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएकाले पनि केही नयाँ तरिकाले पोस्टर सार्वजनिक गरेको थियो ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।