गुरागाईंको कार्यकक्ष अगाडि तनाव, ढोका फोडे कर्मचारीले


काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका छन्।

बिहीबार हाजिर गर्न पुगेका गुरागाईंलाई रोक्न महानगर प्रहरीले समेत गेटमै खटाइएको थियो। तर, कर्मचारीहरूले उनलाई रोक्न नदिएर कार्यकक्षसम्म पुर्याएका छन्।

त्यसपछि, कार्यकक्षको ढोका समेत लगाइएपछि कर्मचारीहरूले अहिले ढोका फोड्ने प्रयास गरिरहेका छन्।