तिनकुने घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : डा. शुनिल शर्मा


नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आज (बिहीबार) बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तिनकुनेमा कार्यक्रम हुनुपूर्व नै सरकारको तर्फबाट अश्रुग्यास र हवाई फायर भएपछि आन्दोलनकारीहरु बिथोलिएको उनको दाबी छ ।

सांसद शर्माले पार्टीहरु मिलेर जनतामाथि दमन गरेको बताए । तीनकुने घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरे । सरकारले फायर खोलेको भन्दै उनले सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताए । शान्तिपूर्ण रुपमा आमसभा गर्ने अधिकारलाई सरकारले बन्देज लगाएको उहाँको आरोप छ । स्वीकृति लिएर आमसभा गर्न जाँदा बोल्न नदिकनै अश्रुग्याँस हान्नुको परिणाम तीनकुने घटना रहेको जिकिर गरे ।

उनले भने, ‘स्टेजमा बसेर कार्यक्रम गर्नै नदिकन, मान्छेलाई बोल्नै नदिकन, अनि सरकारले अश्रु याँस हानेको छ । ७ सय ४६ वटा अश्रुग्याँस पड्काउने, १९२ वटा छर्रा पड्काउने, ब्ल्याङ फायर गर्ने, हवाई फायर ५८, २ राउण्ड पेस्तोलको गोली वा आँखाले ट्याक्कै मल्टिपल भिडियोहरु तपाईंले कलेक्शन गरेर हेर्नुस् । एउटा कुरा निश्चित रुपमा देखिन्छ कि स्टेजमा कार्यक्रम गर्न दिइएको छैन । हामी लोकतन्त्रवादी हौँ । सत्य के हो भने लोकतन्त्रवादी भनिरहँदा लोकतन्त्र भनेकै एउटा त्यस्तो गार्डेन, नर्सरी, जहाँ फरक-फरक खालका विचारहरु स्वतन्त्रतापूर्वक फुल्न पाउनुपर्छ । चाहे त्यो राजावादी होस्, चाहे माओवादी, काँग्रेस वा अर्को पार्टी । कुनैपनि विचार हातमा हतियार नकिन राखिने विचारलाई स्वागत गर्नुपर्छ । स्टेज बनाएको ठाउँमा कार्यक्रम गर्न नदिने । अनि जनतालाई गरिखान नदिने ।’