फिल्म ‘नरसिंहाः अवतार’को विदेश अधिकार विक्री हुन थालेको छ । फिल्मको फस्टलुक सार्वजनिक भएसँगै आम दर्शकहरुमा यसको चासो र चर्चा बढेको छ । फिल्मको फस्टलुक सार्वजनिक भएपछि विदेशमा पनि उच्च माग हुन थालेको हो । फिल्मका निर्देशक दिवाकर भट्टराइले विदेशमा उच्च माग आएको र केही दिनमै अधिकांश देशको अधिकार विक्री हुने बताए ।
यो फिल्मको जापान अधिकार भने विक्री भइसकेको छ । फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो ।
जापानका दर्शकले यो फिल्मको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाँइको भनाई छ । निर्माणपक्षले कति रकममा जापान अधिकार विक्री गरेको हो, त्यो खुलाएको छैन ।
नायक राजेश हमालको कमब्याक फिल्म भएकाले पनि यसको चर्चा बढेको छ । साथै, फिल्मको निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेपछि यसको चर्चा चुलिएको थियो ।
राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी फिल्ममा छ । यो फिल्मको जेठ ९ गतेबाट रिलिजमा आउँदैछ ।
प्रतिक्रिया