उपासना र सोनमले सुरु गरे ‘जलाकी’को छायांकन



फिल्म ‘कर्मा’को प्रचारमा दौडधुप गरिरहेकी नायिका उपासना सिंह ठकुरीले नयाँ फिल्म ‘जलाकी’को छायांकन सुरु गरेकी छिन् । उनले नायक सोनम तोप्देनसँग जोडी बाँध्दै यो फिल्मको छायांकन सुरु गरेकी हुन् । अशोक थापा मगरको निर्देशनमा यो फिल्मको छायांकन सुरु गरिएको छ । अशोकले यसअघि फिल्म ‘खुस्मा’ निर्देशन गरेका थिए ।

फिल्मको छायांकन बाग्लुङको कालिका भगवती मन्दिरमा भइरहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भूमिका छ । आकृतिले गायक सुशान्त केसीको ‘बार्दली’ बोलको गीतको भिडियोमा अभिनय गरेकी थिइन् ।

कसैको संझना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई वुझाउँछ । फिल्मको छायांकन तीन चरणमा गरिनेछ ।

रुकुम, म्याग्दी, बाग्लुङ, पोखरा लगायतका स्थानमा खिचिनेछ । फिल्मलाई दक्षिण कोरियामा पनि खिच्ने तयारी गरिएको छ । यो फिल्मले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउनेछ ।

एम मिडिया प्रालिको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता वुढाथोकीको लगानी रहनेछ । फिल्ममा माओत्से गुरुङ, वुद्दि तामाङ, संगीता थापामगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

अन्य केही कलाकारहरुलाई फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ । यो फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, एसडी योगी र महेश राइको संगीत छ ।

यो फिल्मको टिमले यसअघि ‘खुस्मा’ फिल्म बनाएको थियो ।