पोखरा महानगरपालिका–१७, बिरौटामा आगामी वैशाख १७ देखि जेठ २६ सम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न भएको छ ।

संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभरका विविध कार्यक्रमबारे जानकारी दिएका थिए। उनले गण्डकी क्षेत्रको धार्मिक महत्व, यज्ञ र हवनको महिमा तथा कोटिहोम महायज्ञको उद्देश्यबारे प्रकाश पारे।
महायज्ञबाट संकलित रकम खर्च व्यवस्थापनपछि बाँकी रकम पोखरा–१७ स्थित हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासमा लगानी गरिने जानकारी समेत दिइएको थिय ।

प्रतिक्रिया