दुर्गेशले कस्तो बनाए ‘कर्मा’को प्रमोशनल गीत ?



गायक दुर्गेश थापाको माग गीतसंगीत र स्टेज कार्यक्रममा मात्र होइन, फिल्ममा पनि खुबै छ । फिल्मका गीतसंगीतमा पनि उनको नाम चलिरहेको छ । यसैबिच, दुर्गेशले फिल्म ‘कर्मा’को एक प्रमोशनल गीतमा स्वर दिएका छन् । गीतमा दुर्गेशकै शब्द तथा संगीत छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दे गायक थापाले फिल्मको टिम हेरेपछि आफू काम गर्न उत्साहित भएको बताए । सार्वजनिक गीतमा दुर्गेशको नै शब्द तथा संगीत छ । असलका लागि असल र खराबका लागि खराब भन्ने सन्देश यो गीतले दिन्छ । फिल्मको कथावस्तु अनुसार नै आफूले गीत तयार पारेको दुर्गेशको भनाई छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देवको साथमा गायक थापालाई नै फिचरिङ गरिएको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा नायक विपिन कार्की शिर्ष भूमिकामा छन् । विपिनलाई एक्सन अवतारमा उतारेर सौरभले पैसा र पावरको कथा फिल्ममा प्रस्तुत गरेका छन् ।

बसन्त लम्सालको निर्माणमा तयार भएको यो फिल्ममा सरिता गिरी, वेन वस्न्यात, सुज्यान सिलवाल, अनिल वुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ । दुर्गेशको यो गीतले फिल्मको प्रचारमा निकै फाइदा पुग्ने विश्वास निर्माणपक्षको छ ।