अर्पण थापाको विशेष लुक्स ‘कल्ली’मा देखियो



भर्सटायल अभिनय गर्न माहिर मानिएका कलाकार अर्पण थापाको भिन्न लुक्स फिल्म ‘कल्ली’मा देखिएको छ । हाल यो फिल्मको छायांकन जुम्लामा भइरहेको छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा यो फिल्म बनेको हो ।

तर, अर्पणको लुक्स के हो भन्ने खुलेको छैन । उनको लुक्सले भने दर्शकलाई कौतुहलता पैदा गर्ने देखिन्छ ।

फिल्मका निर्माता किरण नेपालीका अनुसार, अब एक सातामा छायांकन सकिनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ ।

निसाल पौडेलको छायांकन रहेको यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । लक्ष्मण सुनारको निर्देशनमा यो फिल्म तयार भइरहेको हो ।