राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् ।
उनलाई आज अदालत उपस्थित गराएर कारागार चलान गरिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा गत शुक्रबार उच्च अदालत बुटवल तुलसिपुरको इजसालले उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।
उनलाई शुक्रबार नै पक्राउ गरेर लामिछाने लाई शनिवार भैरवा लगिएको थियो ।
रवि लामिछानेका ४ सन्देश:
अदालतकाे आदेशकाे सम्मान छ। कानूनले दिएकाे अधिकार प्रयोग गर्छु। तल्लाे अदालतकाे आदेशविरुद्ध माथिल्लाे आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।
न्यायकाे मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।
पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहाेला। सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताकाे बीचमा पुर्याउनुस्।
अहिले ममाथि राजनीतिक प्रतिशाेध भयाे। पालाे सबैकाे आउँछ। याे परीक्षाकाे पहिलाे विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।
प्रतिक्रिया