संवैधानिक राजतन्त्र र हिन्दू राज्य को माग्गर्दै राप्रपाको बिसाल प्रदर्शन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्दैछ  ।

काठमाडौंको बल्खुमा राप्रपाले सभा गर्दैछ । उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ । साढे ११ बजे विभिन्न ठाउँबाट जुलुश निकालेर बल्खुमा सभा हुने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी  दिएका छन् । राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताएको छ ।

जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । 

राप्रपाको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।

राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ ।