गायक दुर्गेश थापाको क्रेज अहिले गज्जबको छ । उनको माग विश्व बजारमा नै छ । नेपालका महोत्सव र स्टेज कार्यक्रम उनी विना अधुरो हुन थालेका छन् । दुर्गेशले आउँदो वर्ष अमेरिका, अष्ट्रेलिया लगायतका देशबाट विश्व सांगीतिक यात्रा सुरु गर्दैछन् ।
उनै, दुर्गेशकलाई हिरो बन्ने रहर पनि छ । फिल्म ‘कर्मा’को प्रमोशनल गीत रिलिज कार्यक्रममा दुर्गेशले यो रहर व्यक्त गरे । उनले, जुनसुकै विधाबाट अगाडि आएपनि अन्तिममा हिरो नै बन्नुपर्ने तर्क गरे । यसैले, आफूलाई पनि नायक बनेर अगाडि आउन मन लागेको तर्क दुर्गेशको छ ।
कस्तो फिल्मबाट दुर्गेश फिल्ममा आउन चाहन्छन् त ? गायक थापा भन्छन्–‘यस्तो नै भन्ने छैन । अब, मैले फिल्म खेल्ने समयमा कस्तो फिल्मको माहोल बन्छ सोही अनुसार काम गर्ने हो । अहिले नै यही जनराको फिल्म भन्न सक्दिनँ ।’
गायक थापाले आफूलाई एक्सन फिल्ममा काम गर्न मन लागेको इच्छा भने व्यक्त गरेका छन् । दुर्गेशले तयार पारेका भिडियोहरुमा पनि उनको हिरो भन्ने सौख झल्कने गरेको छ ।
प्रतिक्रिया