काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउ गैरकानुनी भएको भन्दै दलका नेताहरू मानव अधिकार आयोग जाने भएका छन् ।
सभापति लामिछानेको पक्राउ गैरकानुनी हो र पक्राउ गर्दा प्रहरी ज्यादती भएको रास्वपाको निष्कर्ष छ । रास्वपा नेताहरू आज बिहान साढे ११ बजे राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पुल्चोक जाने सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया