३९ दिन खिचेर फिल्म ‘कुस्ती’को छायांकन सकिएको छ । निर्माता तथा निर्देशक अनिल योञ्जनले गीत बाहेकका दृश्य खिचेर इन्डक्ल्याप गरिएको जानकारी दिए ।
प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्ष गर्न वाध्य हुने जोडीको कथा यो फिल्मले भन्छ । भावनात्मकसँगै हाँस्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा रहेको निर्माणपक्षले बताए ।
यो फिल्ममा धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रविन्द्र झा, राजाराम पौडेल, किरण केसी लगायतका कलाकारहरुको अभिनय छ । शहरको कथा भएकाले पनि काठमाडौंको आसपासमा छायांकन गरिएको निर्माणपक्षले बताएको छ ।
धिरज र मिरुनाको जोडीलाई हेर्नका लागि पनि दर्शक उत्साहित रहेको वुझाई निर्माणपक्षको छ ।
यो फिल्ममा उमंग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन छ ।
यो फिल्मलाई आउँदो वर्षको भदौमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया