३६ दिनमा सकियो ‘वरिष्ठ बलराम’को छायांकन



फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको जानकारी यसको निर्माणपक्षले बताएको छ । ३६ दिन लगाएर निर्देशक सुरेन्द्र पौडेलले फिल्मको छायांकन सकाएका हुन् ।

चितवन र हेटौडामा यो फिल्मको छायांकन गरिएको हो । निर्देशक पौडेलले आफूहरुले अपेक्षा गरे अनुसारकै फिल्म बनेको र पोष्ट प्रोडक्सनमा मिहिनेत गर्दै दर्शकले चाहे अनुसारको फिल्म निकाल्ने बताएका छन् ।

सामाजिक कथावस्तुमा तयार भएको यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्मलाई लक्ष्मी पूजाको दिन पारेर कात्तिक ३ गतेबाट रिलिज गरिनेछ । आशिस एच तामाङ र श्रीराज कार्की यो फिल्मका निर्माता हुन् ।

सुरेन्द्रकै कथा तथा सम्पादन रहेको यो फिल्ममा महेश दवाडीको लेखन, मानकृष्ण महर्जनको डीओपी, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन, प्रदीप लामाको कोरियोग्राफी छ ।

वृषभ सिद्धी इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्ले सहकार्य गर्दै यो फिल्म तयार पारेको हो ।