आज पनि काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर


काठमाडौं । आज पनि  काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वकै पहिलो स्थानमा छ।  

विश्वभरको वायुको गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार विहान ८ बजे काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखिएको हो। 
 भारतको राजधानी दिल्ली विश्वको दोस्रो स्थानमा छ भने युगान्डाको कम्पला तेस्रो स्थानमा छ। 

इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २१६ छ। प्रदूषण मापन सूचकांकअनुसार वायुको यो अवस्था अस्वस्थकर हो। 

प्रदूषणमा दोस्रो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले १८५ छ। त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको चीनको बुहानको एक्यूआई १७१ छ।  

स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

चिकित्सकहरुले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन्।