शुक्रबारबाट देशभरका हलमा रिलिजमा आउन लागेको फिल्म ‘कर्मा’को बुकिङ खुलेको छ । मल्टिप्लेक्सहरुले यो फिल्मलाई सुखद शोज उपलब्ध गराएका छन् ।
वान सिनेमाज्ले नयाँ बाँनेश्वरमा ४ र कालिमाटीमा ३ शोज उपलब्ध गराएको छ । यस्तै, देशकै सवैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकाका हलमा १९ शोज उपलब्ध गराएको छ ।
क्यूएफएक्सका काठमाडौं बाहिरका हलमा पनि यो फिल्मले राम्रो शोज पाएको छ । यस्तै, बीग मुभिजले ४ शोज, एफक्युबले ५ शोज यो फिल्मलाई उपलब्ध गराएका छन् ।
किर्तिपुर सिनेप्लेक्सले २ शोज, आइएनआइ नयाँ बाँनेश्वरले ३ शोज, बीएसआरले ३ शोज, आइएनआई लोत्सेले ३ शोज यो फिल्मलाई उपब्ध गराएका छन् । अझै, केही हलमा शोज खुल्न बाँकी नै छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा वसन्त लम्सालको लगानी रहेको यो फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव लगायतका कलाकारहरुको अभिनय छ । फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया