‘होस्टेल ३’ पछि बढ्यो रिहानको माग, साम्राज्ञीसँग जोडी बाँध्दै



फिल्म ‘होस्टेल ३’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका गायक रिहान गिरीको माग फिल्म क्षेत्रमा बढेको छ । उनले, एकपछि अर्को फिल्ममा काम गर्न लागेको वुझिएको छ । यसैबिच, उनले नयाँ फिल्म ‘अवतार’मा काम गर्न लागेको वुझिएको छ ।

हाल यो फिल्मको काठमाडौंमा वर्कशप चलिरहेको छ । वैशाखबाट फिल्मको छायांकन सुरु हुने वुझिएको छ । यो फिल्ममा रिहानले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्ने पक्का भएको छ । साम्राज्ञी र रिहान हाल फिल्मको वर्कशपमा व्यस्त छन् ।

साम्राज्ञीले फिल्म ‘रुमानी रंग’मा काम गर्ने पक्का भएको थियो । तर, यो फिल्म निर्माण नै भएन । यसपछि, साम्राज्ञीले फिल्ममा काम गर्छिन् या गर्दिनन् भन्ने चर्चा चलिरहेको समयमा उनले ‘अवतार’मा काम गर्न लागेकी हुन् ।

साम्राज्ञीको एकपछि अर्को फिल्म असफल भएपछि उनी हराए जस्तै थिइन् । तर, अब भने उनले रिहानसँग जोडी बाँध्ने तयारी गरेकी हुन् । फिल्म कस्तो कथावस्तुमा बन्न लागेको हो भन्ने पनि केही खुलेको छैन ।