काठमाडौं – पूर्वीय र पश्चिमी वायु भित्रिएसँगै बुधबारदेखि नेपालका अधिकांश भूभागमा हल्कादेखि भारी वर्षा भएको छ । उच्च पहाडीसहित हिमाली भेगमा हिमपात पनि भइरहेको छ ।
चैत अन्तिमतिरको वर्षाले लामो समयदेखिको काठमाडौं उपत्यकामा रहेको वायु प्रदूषण पूर्ण रूपमा हट्ने विश्वास लिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्मै पानी पर्नेछ । तर बुधबार राति र बिहीबार बिहानको वर्षासँगै देशका विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेका छन् ।
त्यसकारण घरबाट बाहिर निस्कँदा वा लामो यात्रामा जाँदा नेपाल प्रहरीले निकालेको चार्ट हेरेर मात्र जानुपर्ने अवस्था देखिएको छ । नेपाल प्रहरीका अनुसार राप्ती राजमार्ग, सुर्खेत–हुम्ला सडक खण्ड, कर्णाली राजमार्ग खण्ड, जाजरकोट सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन् ।
बिपी राजमार्गमा एकतर्फी यातायात सुरु भएको छ । वर्षाकै कारण महेन्द्र राजमार्गको दाउने खण्डमा सडक चिप्लिँदा यातायात रोकिन पुगेका छन् ।
प्रतिक्रिया