काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा आज पत्रकार सुरेश रजकको ताहाचलस्थित निवासमा पुग्नुभएको छ। चैत्र १५ गते राजावादी आगजनीको क्रममा मारिएका रजकको परिवारलाई भेट्न सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशसहित पुगेका हुन्।
सापकोटाले रजकका अभिभावक र परिवारसँग भेट गरी घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारका चासोलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो।
रजक परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, सुरेश रजकलाई सहिद घोषणा गर्न र तीनकुनेमा उनको सालिक स्थापना गर्ने माग गरेका छन्।
सापकोटाले परिवारका मागप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउँदै, सुरेश र उनका परिवारलाई न्याय दिलाउन सरकारलाई दबाब दिइरहेको स्पष्ट पार्नुभयो।
प्रवक्ता सापकोटा प्रेस सेन्टर, नेपालका अध्यक्ष कमल गिरीसहित अपराह्न ३ बजे रजक परिवारसँग भेट गर्नुभएको हो।
प्रतिक्रिया