नेपाली फिल्मको बक्स अफिसले यो वर्ष नयाँ आकाश छोएको छ । फिल्मको व्यापार उचालिदा आँकडा पनि करिब २ अर्ब नजिक पुगेको हो ।
यो वर्ष फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सर्वाधिक धेरै कमाई गर्यो । यो फिल्मले नेपाली बक्स अफिसमा ४६ करोड ६० लाख माथिको ग्रस कलेक्शन गरेको छ ।
यस्तै, दोस्रो नम्बर फिल्म ‘१२ गाउँ’ छ । जसले नेपाली बक्स अफिसमा २० करोड हारहारीको व्यापार गरेको छ ।
तेस्रो नम्बरमा फिल्म ‘छक्का पन्जा ५’ छ । जसले बक्स अफिसमा १५ करोड २० लाख ४३ हजारको व्यापार गरेको छ ।
चौथो नम्बरमा रहेको फिल्म ‘बोक्सीको घर’ले १० करोड २ लाख ग्रस कलेक्शन गरेको छ ।
पाँचौ नम्बरमा भने फिल्म ‘अञ्जिला’ आइपुगेको छ । हलमा अझै पनि जोडतोडका साथ चलिरहेको यो फिल्मले ७ करोड ५० लाख माथिको व्यापार गरिसकेको छ ।
फिल्मको लाइफ टाइम कलेक्शन ८ करोड माथि हुने पक्का छ । यी पाँच फिल्मको व्यापार नै एक अर्ब नजिक देखिएको छ ।
प्रतिक्रिया