जितु अब ‘कार्की साइँला’ बन्ने



कलाकार जितु नेपाल ‘कार्की साइँला’ बन्ने भएका छन् । उनले, राजेन्द्र बस्नेतको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कार्की साइँला’ साइन गरेका हुन् । कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा यो फिल्म बनेको छ ।

जितुले फिल्म ‘परालको आगो’ साइन गरेको केही समयपछि यो फिल्म साइन गरेका हुन् ।

यो फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई र श्याम मगरको लगानीमा बन्न लागेको यो फिल्मले ग्रामीण जीवनको कथा भन्नेछ ।

यो फिल्मले एक भरिया पात्रको कथा भन्नेछ । डम्बरबहादुर राइको छायांकन र कथा रहेको यो फिल्ममा अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छ ।

यो फिल्मको छायांकन धनकुटामा हुनेछ । जितुको यो वर्ष ‘ज्वाइँ साब र कार्साङ’ रिलिजमा आएको थियो ।